प्रतिकित्ता ११० रुपैयाँमा महालक्ष्मी विकास बैंकको शेयर किन्ने आज अन्तिम दिन
१४ बैशाख २०८२, आईतवार १२:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत ३१ गतेदेखि लिलाम बिक्रीमा राखेको १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बैंकले इच्छुक सबैले किन्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको हो र यसमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ भने आवेदकले सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्ने छ।
आवेदन फाराम नक्सालस्थित बैंकको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।













