शिक्षक र प्रहरीबीच झडप

१४ बैशाख २०८२, आईतवार १२:४७

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।

शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ।

शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए। उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो।

आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*