भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा गोली हानाहान

१४ बैशाख २०८२, आईतवार १३:२९

काठमाडौँ ।  आणविक हतियार सम्पन्न प्रतिद्वन्द्वी राष्ट्रहरू भारत र पाकिस्तानबीचको सम्बन्ध विगत केही वर्षमा सबैभन्दा तल्लो तहमा पुगेका बेला विवादित कश्मीर क्षेत्रमा लगातार तेस्रो रातसम्म पनि दुबै देशका सेनाबीच गोली हानाहान जारी रहेको अधिकारीहरूले आइतबार बताएका छन्।

भारतले पाकिस्तानमाथि मुस्लिम बहुल काश्मीर क्षेत्रमा एक चौथाइ शताब्दीदेखिको सबैभन्दा भीषण आक्रमण गराउने बन्दुकधारीहरूलाई समर्थन गरेको आरोप लगाएको छ। भारतीय पक्षले पाकिस्तानबाट भइरहेको सीमापार आतंकवादलाई आक्रमणको मुख्य कारक मानेको छ।

तर, पाकिस्तानले यस्ता आरोपहरूलाई खारेज गर्दै आफूलाई आक्रमणसँग जोड्ने प्रयासलाई ‘निन्दनीय’ भनेको छ। इस्लामावादले कुनै पनि भारतीय कारबाहीको उचित जवाफ दिने चेतावनीसमेत दिएको छ।

भारतले अप्रिल २२ मा काश्मीरको प्रसिद्ध पर्यटकीय स्थल पहलगाममा भएको २६ नागरिकको हत्याका दोषीहरूको व्यापक खोजी थालेको छ। प्रहरीका अनुसार फरार रहेका आक्रमणकारीहरूमध्ये दुई जना पाकिस्तानी नागरिक रहेको बताइएको छ।

भारतीय सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा, नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानतर्फबाट साना हतियारद्वारा ‘अनावश्यक’ गोलीबारी भएको र भारतीय सैनिकहरूले त्यसको ‘उपयुक्त जवाफ’ दिएको उल्लेख गरिएको छ। सेनाका अनुसार, भारतीय पक्षले पनि साना हतियार प्रयोग गरी प्रभावकारी प्रतिकार गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*