शेयर बजार झिनो अंकले बढ्यो, कारोबार ११ अर्ब नजिक

१४ बैशाख २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४.०१ को बिन्दुमा कायम भएको छ ।

आइतबार ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शेयर कारोबारमा बढोत्तरी भएको छ ।

आज बैंकिङ्ग, फाइनान्स, माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स इन्डेक्सहरु राताम्मे बनेका छन् भने यी बाहेकका अन्य इन्डेक्सहरुमा हरियाली छाएको छ ।

आइतबार कुल १०४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ भने १४१ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । आज ङादी ग्रुपको सबैभन्दा बढी कारोबार भएको छ भने, दुई वटा बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*