गगन थापाविरुद्ध अदालतको अवहेलनाको आरोपमा मुद्दा दायर
१४ बैशाख २०८२, आईतवार १७:४६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्।
लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते आयोजित कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरूसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले ढिलाइ गरेको आरोप लगाएका थिए। कार्यकाल सकिनै लागेको अवस्थामा पनि अदालतले मुद्दाको निष्कर्ष निकाल्न ढिलासुस्ती गरेर डिल गरि रहेको टिप्पणी थापाले गरेका थिए।
थापाको उक्त अभिव्यक्तिले न्यायालयको गरिमा र स्वतन्त्रतामा आँच पुर्याउने भन्दै अधिवक्ता लुइँटेलले अवहेलनासम्बन्धी मुद्दा अघि बढाएका हुन्।













