शेयरधनीलाई स्वाभिमान लघुवित्तको ५% बोनस शेयर प्रस्ताव, कहिले बस्दै छ सभा?

१५ बैशाख २०८२, सोमबार ०७:३४

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारितका लागि वैशाख १९ गते तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आठौं वार्षिक साधारणसभा बस्दै छ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेकाले वैशाख १० गतेसम्म् कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*