प्रतिकित्ता ११० रुपैयाँमा कामना सेवाको शेयर बिक्रीमा, सबैले किन्न पाउने
१५ बैशाख २०८२, सोमबार ०९:५३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
बैंकले ११० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यका दरले बेच्न लागेको हो भने यसमा खरीद आवेदन दिँदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ।
इच्छुक लगानीकर्ताले आजदेखि वैशाख २१ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ। आवेदन फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा पाइने छ।














