वाणिज्य बैंकहरुले शेयर बजारबाट कमाए ६ अर्ब ८८ करोडः ग्लोबल र इन्भेष्टमेन्ट अगाडी, ग्रोथमा नेपाल बैंक

१५ बैशाख २०८२, सोमबार ११:३५

काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट करिब ७ अर्ब रुपैयाँको आम्दानी गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्ममा शेयर बजार ६ अर्ब ८८ करोड २४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

बैंकहरुले गरेको आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५५.६३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले शेयर बजारबाट ४ अर्ब ४२ करोड २२ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

केन्द्रिय बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत पुँजी बजारमा लगानी गर्न ब्यवस्था गरेको छ । सोहि बमोजिम बैंकहरुले शेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा शेयर बजारले ठुलो फड्को मारेको छ । १८०० परिसूचक वरीपरि घुमि रहेको बजार चालु आवमा ३००० सम्म पुगेको हो । अहिले २७०० को वरीपरि घुमि रहेको छ । बजारमा आएको उछालकाबीच वाणिज्य बैंकहरुले समेत मनग्य आम्दानी गर्ने सफल भएका हुन् ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको तथ्याङ्क अनुसार शेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ । यसअवधिमा शेयर बजारबाट बैंकले ६५ करोड ८९ लाख ७१ हजार रुपैयाँ आम्दानी आर्जन गर्ने सफल भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४९.५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४४ करोड ७ लाख १८ हजार रुपैयाँ शेयर बजारबाटआम्दानी कमाएको हो ।

दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७ करोड ७ लाख २१ हजार रुपैयाँ शेयर बजारबाट आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६९.२७ प्रतिशतले बढी हो ।

त्यस्तै, शेयर बजारबाट आम्दानी गर्ने तेस्रो नम्बरमा स्टान्र्डड चार्टड बैंकले १०.७४ प्रतिशतले बढाएर ५५ करोड ६८ लाख, नबिल बैंकले ३८.६९ प्रतिशतले बढाएर ५४ करोड ६७ लाख, हिमालन बैंकले ५० प्रतिशतले बढाएर ४७ करोड ९ लाख, सानिमा बैंकले ३.९७ प्रतिशतले बढाएर ४४ करोड ४७ लाख र प्रभु बैंकले ५० प्रतिशतले बढाएर ४१ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सर्वाधिक शेयर बजारबाट आम्दानी वृद्धि गर्नेमा नेपाल बैंक र वाणिज्य बैंक रहेका छन् । नेपाल बैंकले शेयर बजारबाट हुने आम्दानी ४७७ प्रतिशतले बढाएर ४० करोड ३० लाख र राष्ट्रिय वाणिज्य बैंकले १३०.१० प्रतिशतले बढाएर ९ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ ।

चैत मसान्तसम्मको अवधिमा एभरेष्ट बैंकले ३८ करोड ९६ लाख, लक्ष्मी सनराइज बैंकले ३२ करोड ८८ लाख, एनएमबि बैंकले ३१ करोड ३७ लाख, कृषि विकास बैंकले २८ करोड ९२ लाख, माछापुछ्च्रे बैंकले २५ करोड ७४ लाख, कुमारी बैंकले २५ करोठ ५६ लाख, नेपाल एसबिआई बैकले २० करोड ५१ लाख, सिटिजन्स बैंकले २० करोड २९ लाख, सिद्धार्थ बैंकले १९ करोड, प्राइम बैंकले १७ करोड र एनआईसि एशियाले ११ करोड ७८ लाख रुपैयाँ शेयर बजारबाट आम्दानी गरेका हुन् ।

यसअवधिमा कुमारी बैंकको मात्रै आम्दानी घटेको हो भने अन्यको बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*