आज साढे छ बजे मन्त्रिपरिषदको बैठक, के के छन एजेण्डा ?

१५ बैशाख २०८२, सोमबार १२:४२

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ साढे ६ बजे बस्ने भएको छ । बैंठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने छ ।

साथै, आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने छ।

शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

साथै आवासीय चिकित्सकहरु सरकारी सरह भत्ता सुविधा लगायतका माग राखेर आन्दोलनमा छन् । उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*