सोमबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ता मालामाल
१५ बैशाख २०८२, सोमबार १५:१४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दाहोरो अंकले बढेको छ । आज पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सोमबार बाराही हाइड्रोपावर, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी कम्पनी, गूडविल फाइनान्स, लक्ष्मी लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ । समग्रमा आज विभिन्न क्षेत्रका ७८ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।














