करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा

१५ बैशाख २०८२, सोमबार १७:३०

काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब, ८६ करोड, ७० लाख, ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार गरेको खुलेको छ।

भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ । नगद नै रकम खातामा प्लेसमेन्ट समेत गर्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङका वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, पर्साका प्रदीपकुमार साह, धनुषाका संजीवकुमार महतो, नवलपरासीका राजकमल लोनिया, भिमकुमारी गुरुङ, सप्तरीका राम विलास साह तेली, ममता कुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, पर्साका सलमा खातुन, सप्तरीका सुशीला कुमारी शाह, चितवनका गोविन्द प्रसाद आचार्य र सप्तरीका शम्भु महतो रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*