मन्त्रिपरिषद्‌ निर्णय सार्वजनिक, के छन् ?

१५ बैशाख २०८२, सोमबार २१:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका हुन् ।

सञ्चार मन्त्री गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे संघीय संसद्का दुवै सदन९प्रतिनिधि सभा र राष्ट्रिय सभा० बैठकलाई सम्बोधन गर्ने छन् ।

मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरुको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनले बताए ।

आजको बैठकमा शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*