सलिकोको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ बैशाख २०८२, मंगलवार ०७:०४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले शेयरधनीलाई वितरण गर्न लागेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

यस कम्पनीले २८ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि वैशाख १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयधरनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुने छन्।

उक्त लाभांश वितरणको प्रस्ताव पारितका लागि कम्पनीले आउँदो २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंकेटमा बिहान १० बजेबाट साधारण सभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*