हाथवे इन्भेष्टमेन्टको नाफासँगै ईपीएसमा गिरावट, कस्ता छन् वित्तीय सूचांक ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडको खुद नाफामा सामान्य गिरावट भएको छ ।
समीक्षा अवधिमा कम्पनीले तीन करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत घटेको छ भने कुल आम्दानी ५६.४२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ।
एक अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।













