१ दर्जन लघुवित्तको वित्तीय रिपोर्टः नाफामा ४०% को बढोत्तरी, ब्याज आम्दानी, एनपिएल र ईपिएसमा को तगडा ? (सूचीसहित)

१६ बैशाख २०८२, मंगलवार १४:४३

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त कम्पनीहरु ऋण उठाउन सफल भइरहेको देखिन्छ ।

हाल नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा सूचीकृत भएका एक दर्जन लघुवित्त कम्पनीहरुले चालु आवको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । समीक्षा अवधिमा विवरण सार्वजनिक गरेका ८ वटा लघुवित्तको मुनाफा गत आवको अवधिमा बढेको छ भने दुई वटाको मात्र समान्य अंकले घट्न पुगेको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा डिप्रोक्स लघुवित्त पहिलो नम्बरमा रहेको छ । नौ महिनाको अवधिमा कम्पनीले ४३ करोड २१ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा उक्त नाफा ७०.८१ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा कम्पनीले २५ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो नम्बरमा रहेको ग्रामिण विकास लघुवित्तले २४ करोड ६८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.८० प्रतिशतले बढी हो । साथै, चैत मसान्तसम्ममा मेरो माइक्रो फाइनान्सले १२ करोड ९३ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ, हिमालयन लघुवित्तले पाँच करोड ३४ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तले तीन करोड ५७ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सले तीन करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साथै, यसअवधिमा आरएसडिसी लघुवित्त र स्वस्तिक लघुवित्तको मुनाफा ऋणत्मक रहेको छ ।

 खुद ब्याज आम्दानी
समीक्षा अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुमध्ये नौ वटाको खुद ब्याज आम्दानी बृद्धि भएको छ । लघुवित्तहरुको मूख्य आम्दानीको स्रोतमा खुद ब्याज आम्दानी रहेको हुन्छ । यस अवधिमा डिप्रोक्स लघुवित्तको ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब ४९ करोड १६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा लघुवित्तको सो आम्दानी ५२ प्रतिशतले बृद्धि भएको हो ।

साथै, यस अवधिमा सपोर्ट लघुवित्तको ब्याज आम्दानी ८७ करोड ७२ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ८५ करोड ७७ लाख रुपैयाँ, मेरोमाइक्रोफाइनान्सको ७३ करोड ८२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको २४ करोड ४७ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तको १७ करोड नौ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तको ११ करोड ८४ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तको नौ करोड ८९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

एनपिएल कुनको कति ?

लघुवित्त कम्पनीहरुले खराब कर्जा निरन्तर घटाउँदै गएको देखिन्छ । गत आवमा चुलिँदो खराब कर्जा विस्तारै ओरालो लागि रहेको छ । सबैभन्दा कम खराब कर्जा हुने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्सको १.६४ प्रतिशत रहेको छ ।

साथै, गुराँस लघुवित्तको ३.०१ प्रतिशत, आरएसडिसी लघुवित्तको ३.१३ प्रतिशत, स्वाभिमान लघुवित्तको ४.११ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ४.४२ प्रतिशत, हिमालयन लघुवित्तको ५.३४ प्रतिशत, स्वस्तिक लघुवित्तको ७.१५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ८.६६ प्रतिशत खराब कर्जा रहेको छ । दोस्रो बजारमा सबैभन्दाबढी शेयरमूल्य रहेको आत्मनिर्भर लघुवित्तको खराब कर्जा १५ प्रतिशतले सर्वाधिक रहेको छ ।

प्रतिशेयर आम्दानी

वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त संस्थाहरुमध्ये सपोर्ट माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी समेत सबैभन्दा माथि रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३३.३७ रुपैयाँ रहेको छ ।

चालु आवको नौ महिनामा स्वाभिमान लघुवित्तको ३२.६१ प्रतिशत, गुराँस लघुवित्तको ३१.२० प्रतिशत, डिप्रोक्स लघुवित्तको ३०.८४ प्रतिशत, स्वस्तिक लघुवित्तको २६.४५ प्रतिशत, ग्रामिण विकास लघुवित्तको २५.१२ प्रतिशत, हिमालयन लघुवित्तको २२ प्रतिशत प्रतिशेयर आम्दानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*