भन्सारमा सर्वसाधारण र व्यवसायीलाई सहज बनाउने सरकारको काम हो, राजस्व छलि भने हुन दिँदैनौं : अर्थमन्त्री

१६ बैशाख २०८२, मंगलवार १४:३२

काठमाडौँ। अर्थमन्त्रीले भन्सार विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले राजस्व प्रणालीमा सुशासन कायम गर्ने र आम सर्वसाधारण तथा व्यवसायीलाई सहज हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘हामीसँग लामो अनुभव छ, त्यसैको आधारमा यो विधेयक तयार गरिएको हो। विश्व व्यापार संगठनको सदस्य भएको नाताले पनि नेपालले भन्सार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक बनाउन यो विधेयक आवश्यक भएको हो।’

भन्सार क्षेत्रमा हुने अनियमितता, दोहोरो कर प्रणाली र राजस्व छलिको अन्त्य गर्न यो विधेयकले ठोस भूमिका खेल्ने अर्थमन्त्रीको भनाइ थियो। उनले यो विधेयक कसैलाई ‘लुट्ने’ उद्देश्यले होइन, सुशासन कायम गर्न र पारदर्शिता बढाउन ल्याइएको बताए।

अर्थमन्त्रीले छिमेकी राष्ट्रहरूसँग मिल्दोजुल्दो दर नीतिको आधारमा भन्सार दर निर्धारण गरिएको जानकारी दिंदै, विधेयकले व्यवसायीलाई सहजता दिनुका साथै आम जनताका लागि सेवा प्रवाहमा गुणस्तर सुधार ल्याउने आश्वासन दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*