गभर्नर विवादको प्रत्यक्ष असर देखियो पुँजीबजारमा, दुई दिन निरन्तर ओरालो

काठमाडौं । गभर्नर विवादको प्रत्यक्ष असर शेयर बजारमा पनि परेको छ। सम्रग अर्थतन्त्रमा प्रभाव पार्ने बिषयलाई यति बेला विचौलियाको खेल खोल्ने माध्यम बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्को आलोचना आउन लागेको छ ।
गर्भनर नियुक्तिको भागवण्डमा नेपाली काग्रेंसका सभापति शेयर बहादुर देउवा र प्रधानमन्त्री ओलीबीच लगभग अन्तिम छलफल भएपनि सरकारको दोधारपनको कारण यतिबेलासम्म पनि गभर्नर नियुक्ति प्रकृया अघि बढाउन सकेको छैन । यसअघिका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजारलाई सुधार गर्ने पक्षमा निति निमार्ण नगरेको र नयाँ आउने गभर्नरबाट आम लगानीकर्ताले सकारात्मक बाटो पर्खेर बसेको छ। सरकारको गभर्नर नियुक्तिमा भएको ढिलाईको प्रभाव शेयर बजारमा पनि देखिन थालेको छ ।
आईतबार सकारात्मक लयमा फकर्ने बाटो बनाएको शेयर बजार सोमबार १४ अंकले घटेर आज पनि पुन ओरालो लागेको छ ।
साताको तेस्रो दिन ११।६४ अंकले घट्दा २६३५।४२ को विन्दुमा कायम भएको छ ।
आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको उपसूचकमा गिरावट आएको छ ।
३११ सूचीकृत कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको छ ।
तीन कम्पनीको शेयरमा सकारात्कक सर्किट लागेको छ । क्रेष्ट र कर्पोर्रेट डेभलपमेन्ट बैंक, नेपाल माईक्रो शेयरम सकारात्मक सर्किट लागेको छ ।
सानिमा माई र नाग्दीको सर्वाधिक कारोबार भएको छ ।
मध्य भेटेकोशी र ग्रिन डेभलपमेन्टको शेयर सर्वाधिक ओरालो लागेको छ ।













