सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
१७ बैशाख २०८२, बुधबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।













