भोलि देशभर सार्वजनिक बिदा
१७ बैशाख २०८२, बुधबार १०:५७

काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ ।
यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र बजार (शेयर बजार) लगायतका निकायहरू बन्द रहने छन् । मजदुर दिवसलाई श्रमिकहरूको अधिकार, सम्मान र योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।
सरकारी कार्यालयसँगै निजी क्षेत्रका कतिपय संस्थाहरू पनि यो अवसरमा बिदा दिने गरेका छन् । विश्व मजदुर दिवसको दिन विभिन्न श्रमिक संगठनहरूद्वारा र्याली, सभा, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिँदै आएका छन् ।













