समाज लघुवित्तको नाफा २३ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
कम्पनीले गत वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा खुद नाफा २३.५७ प्रतिशतले घटेको हो। कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको छ।
कम्पनीको खुद ब्याज आम्दानी २ करोड रुपैयाँबाट घटेर १ करोड ७७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा १ करोड रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको छ।
चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ४० लाख रुपैयाँ रहेको छ। कम्पनीले २८ करोड ३० लाख रुपैयाँ सापटी लिएर ४७ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह र १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ४.८२ प्रतिशतबाट घटेर ४.४९ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २४९ रुपैयाँ १८ पैसा रहेको छ।













