चालु आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण
१७ बैशाख २०८२, बुधबार १५:०२

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ मा ४।६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।
कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।
चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ । चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै झट्का नलाग्ने अनुमान कार्यालयको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको छ ।













