नेप्सेमा ओम मेगाश्रीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

१७ बैशाख २०८२, बुधबार १८:२८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब वैशाख २१ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ओएमपीएल संकेत प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*