पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ बैशाख २०८२, बिहीबार ०६:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेल १ रुपैयाँ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँले घटाएको हो।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको नयाँ मूल्य १५८ रुपैयाँ, डिजेल र मट्टितेल १४५ रुपैयाँ र आन्तरिक हवाइ इन्धन १२१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्य २९ डलर घटेर ९५२ डलर प्रतिकिलोलिटर पुगेको छ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको कारण नेपाली बजारमा पनि समायोजन गरिएको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*