१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको भवन निर्माणका लागि राष्ट्र बैंक नेपालगञ्जद्वारा बोलपत्र आव्हान

१८ बैशाख २०८२, बिहीबार ११:११

काठमाडौँ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले निर्देशक आवास भवन निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र आव्हान गरेको छ। बैंकले माघ १८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै अनुमानित १ करोड ३४ लाख १२ हजार ३८ रुपैयाँ २९ पैसाको निर्माण कार्यका लागि नेपाली निर्माण व्यवसायीहरूलाई अनलाइन बोलपत्र पेस गर्न आह्वान गरेको हो।

बोलपत्रमा सहभागी हुन चाहने इच्छुक तथा योग्य निर्माण व्यवसायीहरूले बैंकको वेबसाइट वा सरकारी सूचना पोर्टल www.bolpatra.gov.np/egp बाट बोलपत्र दस्तावेज डाउनलोड गर्न सक्नेछन्।

बोलपत्र दस्तावेज डाउनलोड गर्दा ३ हजार रुपैयाँ दस्तावेज शुल्क तोकिएको छ, जुन नेपाल राष्ट्र बैंक, नेपालगञ्ज कार्यालयको राजस्व खातामा जम्मा गर्नुपर्नेछ। दस्तावेजसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र पनि स्क्यान गरी अनिवार्यरूपमा अपलोड गर्नुपर्नेछ।

Website-Notice

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*