सरकारसँगको सहमतिपछि शिक्षक महासंघभित्र विवाद चुलियो, आन्दोलन फेरि चर्काउने चेतावनी

१८ बैशाख २०८२, बिहीबार १४:१६

काठमाडौँ । सरकारसँग ९ बुँदे सहमति गरी आन्दोलन स्थगित गरेको शिक्षक महासंघ भित्रै समिक्षा बैठकमा विवाद उत्पन्न भएको छ । सरकारले केही मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको सहमति सार्वजनिक भएलगत्तै महासंघभित्रको असन्तोष सतहमा आएको हो ।

सरकारसँग ‘पैसामा सहमति भएको’ आरोप लगाउँदै केही शिक्षकहरूले महासंघमाथि गम्भीर प्रश्न उठाएका छन् । समिक्षा बैठकमा तीव्र असन्तोष व्यक्त गर्दै केही शिक्षकहरूले महासंघ नेतृत्वमाथि नाराजगी पोखेका छन् । बैठकमा बहस चर्किँदै जाँदा आरोप–प्रत्यारोप र भनाभनको अवस्था समेत देखिएको छ ।

महासंघले पत्रकारहरूलाई बैठकमा प्रवेशमा निषेध गरेपछि वातावरण झनै तनावग्रस्त बनेको थियो । बैठकमा सहभागी केही शिक्षकहरूले सरकारले आन्दोलनलाई कमजोर बनाउन महासंघसँग गुपचुप सहमति गरेको भन्दै पुनः सशक्त आन्दोलनको आवश्यकता औंल्याएका छन् । उनीहरूले शिक्षकहरूको आन्दोलनलाई व्यवस्थापनभन्दा पनि दबाउने नियत देखिएको भन्दै आन्दोलनका थप चरणबारे छलफल सुरु गरिसकेको दाबी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*