ज्ञानेन्द्र इवाहाङ फेरि बने गोर्खाज फाइनान्सको सीइओ, राष्ट्र बैंकको अघिल्लो हस्तक्षेपपछि पुनः नियुक्ति

१९ बैशाख २०८२, शुक्रबार १०:५४

काठमाडौँ ।  गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

इवाहाङ हाल कम्पनीमै वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन्। यसअघि पनि उनलाई यही पदमा नियुक्त गर्ने प्रयास भएको थियो। गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले उनलाई चैत्र ११ गतेदेखि लागू हुने गरी सीइओ बनाउने निर्णय गरे पनि उक्त निर्णय राष्ट्र बैंकको निर्देशनपछि केवल केही घण्टामै खारेज गरिएको थियो।

राष्ट्र बैंकको तत्कालीन हस्तक्षेपले इवाहाङको नियुक्ति लामो समयसम्म अधरमा रह्यो। तर यसपटक कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्दै पुनः उनलाई नेतृत्वमा ल्याएको छ। यो निर्णयसँगै गोर्खाज फाइनान्सले संस्थागत स्थायित्व र व्यवस्थापन निरन्तरतामा विश्वास व्यक्त गरेको देखिन्छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*