रिलायबल समृद्धि योजनाको इकाई बाँडफाँड

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले गत वैशाख ३ देखि ९ गतेसम्म निष्कासन गरेको ‘रिलायबल समृद्धि योजना’ को इकाई बाँडफाँड भएको छ। उक्त योजनाको इकाई आज धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।
यस योजनाको १ अर्ब २० करोड रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बाँडफाँट गरिएको छ। क्यापिटलका अनुसार १ करोड ७२ लाख ९१ हजार ९६० इकाई रिलायबल नेपाल लाइफ र १२ लाख ३५ हजार १४० इकाई रियायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई बाँडफाँट गरी बाँकी १० करोड १४ लाख ७२ हजार ९०० इकाई सर्वसाधारणलाई बाँडफाँड गरिएको छ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको यस योजनामा बिक्री अवधिभर रीतपूवर्क आवेदन दिएका सबै आवेदकले माग गरे अनुसारको इकाई हात पारेको क्यापिटलले जनाएको छ।
यो योजना १० वर्षे अवधिको बन्दमुखी योजना हो।














