गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुने

१९ बैशाख २०८२, शुक्रबार १५:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्।

‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा ब्यवस्थापनका लागि सम्पत्ति ब्यवस्थापन कम्पनी स्थापना गरिने छ’ पौडेलले भने ।

डिजिटल बैंक स्थापना गरिने भएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो।

उनका अनुसार सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। सोही सन्दर्भमा आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने योजना रहेको स्पष्ट गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*