‘रेल तथा जल पुर्वाधारको विकास गरी ढुवानी लागत घटाइनेछ’
१९ बैशाख २०८२, शुक्रबार १५:४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा रेल तथा जल पुर्वाधारका संरचनाहरु विकास गरी ढुवानी लागत घटाइने बताएका छन् ।
शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले अति आवश्यक रहेका चिज बस्तुको आपुर्तिको लागि भण्डारणको उचित व्यवस्था गरीने समेत बताए ।













