एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने घोषणा
१९ बैशाख २०८२, शुक्रबार १५:४६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने घोषणा गरेको छ। संयुक्त संसद्को बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्।
राष्ट्रपति पौडेलले विकास कार्यक्रम सञ्चालनमा संघ, प्रदेश र स्थानीय तहबीच देखिएको दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने बताए। यस प्रणालीमार्फत बजेट विनियोजन, परियोजना छनोट र कार्यान्वयनमा समन्वय तथा स्पष्टता ल्याइने छ।
उनले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार तथा सूचीमा रहेका विषयका विकास कार्यक्रमहरू समन्वयात्मक रूपमा कार्यान्वयन गरिने पनि जानकारी गराए।












