त्रिबि क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको सुविधा सम्पन्न बनाइने

१९ बैशाख २०८२, शुक्रबार १५:५७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानलाई अन्तराष्ट्रिस्तरको सुविधा सम्पन्न बनाइने बताएका छन् ।

शुक्रबार संसदका दुवै सदनलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘खेलकुदमा अन्तराष्ट्रिय पदक जितेका खलाडीको सन्ततीलाई शिक्षामा विशेष छात्रबृद्धि उपलब्ध गराइने छ।’ राष्ट्रपति पौडेलले भने ।

साथै, उनले नेपालको खेलकुद संरचना विकासको लागि तीनै तहका सरकार र निजी क्षेत्रको सहभागिताको लागि आवश्यक कानुन निर्माण गरीने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*