सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने

१९ बैशाख २०८२, शुक्रबार १६:१३

काठमाडौं । सरकारले विगतमा घोषणा गरिएका सबै भौतिक पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले विकास निर्माणका क्रममा देखिएका कमी र कमजोरीलाई सुधार गर्दै विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गरिने बताए। उनले परियोजनाहरूलाई वर्गीकरण गरी आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुने र वर्तमान संसदको कार्यकालभित्र सम्पन्न हुने गरी स्पष्ट समय–तालिका निर्धारण गरिने जानकारी गराए।

सरकारले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको यथोचित आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका योजनाहरू स्थगित गर्नेछ। त्यस्तै, त्रुटिपूर्ण र अव्यवहारिक परियोजनाहरूलाई खारेज गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*