विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी अन्तक्रिया

१९ बैशाख २०८२, शुक्रबार १६:३७

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएका कार्य र विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यका बारेमा जानकारी दिने र आगामी दिनमा साझेदारी तथा सहकार्यका सम्भावित क्षेत्र, जनशक्ति विकास, दुर्गम एवम् ग्रामीण क्षेत्रमा बीमाको दायरमा विस्तार र बीमा उद्योगमा डिजिटलाइजेशन कार्यान्वयन लगायतका क्षेत्रमा विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारी र सहकार्यलाई समन्वयात्मक रूपमा अझ बढी प्रभावकारी रूपले अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तार गर्दै आम नागरिकलाई लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य एवम् साझेदारी महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक सुवेदीले नेपालको बृहत्तर हितका लागि सहयोग गर्ने विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूको उद्देश्य रहेको हुँदा सोही अनुसार दुर्गम एवम् ग्रामीण क्षेत्रका नागरिक लगायत सबैले लाभ पुग्ने गरी बीमालाई अगाडि बढाउनका लागि यस सम्बन्धी विज्ञता, ज्ञान र अनुभव आदान–प्रदान गर्ने कार्यमा सम्बद्ध सबैबाट नियमितरूपमा सहयोग एवम् सहकार्यको अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा क्षेत्रमा सीमित साधन स्रोतबाट अतिकतम् उपलब्धी हासिल गर्न, काममा दोहोरोपना आउन नदिन, लक्षित समुदायसम्म बीमाको पहुँच पुर्‍याउन र बीमा क्षेत्रमा देखिएका नयाँ जोखिमहरूको वित्तीय रक्षावरण हुने गरी नविन मोडल विकास गर्न आपसी समन्वय, साझेदारी र सहकार्यका अगाडि बढनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*