समग्र बीमा क्षेत्रमा छैन सरकारको ध्यान, स्वास्थ्य बीमातर्फ बढी केन्द्रित

१९ बैशाख २०८२, शुक्रबार १७:२३

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा सरकारको प्राथकितामा स्वास्थ्य बीमा केन्द्रित रहेको देखिएको छ। सम्रग बीमामा केन्द्रित हुनुपर्ने सरकार स्वास्थ्य बीमामा मात्रै केन्द्रित भएको देखिएको छ ।

पछिल्लो समय उत्तारचढावको कारण आलोचनामा रहेको स्वास्थ्य बीमा कार्यक्रम लक्षित सरकार केन्द्रित भएको देखिएको छ। स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गर्ने, स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा गर्ने देखि सुविधा थौली बोर्डको पुनर्संरचना र औषधीउपचारको बिषयमा केन्द्रित भएको पाइएको छ ।

सरकारले स्वास्थ्य सम्बन्धी सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गर्ने देखि स्वास्थ्य बीमा प्रणाली एकीकृत उपचारको दायरा विस्तार गर्ने र गम्भीर रोगको उपचार समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने बिषय देखि बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गर्ने सन्दर्भमा केन्द्रित भएको देखिएको छ।

बीमा प्रणाली माथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधीहरु बीमा प्रणालीमा जोडने भएको छ।बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाइने, भौतिक सम्पत्ति बीमा प्रवर्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने भएको छ ।

ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेटन बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने र मानव, वन्यजन्तु द्वन्द्व न्यूनीकरणका साथै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने भएको छ।

कृषि बीमाको दायरा विस्तार गर्ने, परियोजना बीमा मार्फत आकस्मिक क्षतिबाट रक्षा, समर्थन मूल्य आधारित अग्रिम कृषि उपज खरिद सम्झौता गरि व्यावसायिक जोखिमको सम्बोधन गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*