बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
२१ बैशाख २०८२, आईतवार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













