आजबाट नेपाल लाइफ २५औं वर्षमा प्रवेश, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । २०५८ साल आजकै दिन अर्थात बैंशाख २१ गतेबाट औपचारिक कारोबार सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स आजबाट २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । २४औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले २५औं वर्ष प्रवेशको अवसर देशका विभिन्न शाखा कार्यालय तथा केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा आम विमितहरुलाई बीमा शुल्क नबिकरणमा समेत छुट प्रदान गरीरहेको छ । साथै, देशभरी छरिएर रहेका कम्पनीका शाखा कार्यालयहरुले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०५८ साल बैंशाख २१ गतेदेखि सुरु गरेको थियो । दुई दशक बढी समयदेखि जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशमा जीवन बीमा व्यवसायको सूरुवाती चरणदेखि लिएर आजसम्म बीमा सेवा उपलब्ध गराउनमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी महत्वपूर्ण भुमिका रहेको छ ।
२४ औं बार्षिकोत्सवको अवसर पारेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ । गौरवपूर्ण ढाई दशक अर्थात २४ वर्ष पुरा गरी २५औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीका सीईओ पराजुलीले सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता, शेयरहोल्डर, सञ्चालक समिति तथा नियामक निकायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् ।

फाइल फोटो
साथै, कम्पनीले आगामी वर्षहरुमा पनि बीमित र उनीहरुको परिवारको साथमा रहेर जोखिम बहन गरिरहने जनाएको छ ।कम्पनीका अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी २४ वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् ।
२४ औं वर्षदेखि नेपाली बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै बीमा सेवा र दावी भुक्तानीमा अग्रस्थानमा रहदै आएको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । गोबिन्द लाल संघई सञ्चालक समिति अध्यक्ष रहेको नेपाल लाइफ इन्स्योरेन्समा कमलेश कुमार अग्रवाल, शक्ति कुमार गोल्यान, बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक रहेका छन् ।
त्यस्तै, कम्पनीको डेपुटी सिईओमा अमित कुमार कयाल, नेशनल सेल्स हेडमा उमापति पोखरेल, बिजनेश अप्रेसनमा ओम प्रकाश पुडासैनी, चिफ फाइनान्स अफिसरमा प्रेम प्रसाद रेग्मी, कम्पनी सचिव तथा लिगल डिपार्ट हेड बिनोद कुमार भुजेल, एजेन्सी तथा पोलिसी सर्भिसीङमा सुनिता पोखरेल, इन्फर्मेशन टेक्नोलोजिमा शरद चन्द्र प्याकुरेल लगायतको अनुभवि तथा उत्कृष्ठ कार्यसम्पादन भएको व्यवस्थापकीय समुह रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष दुई खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड रहेको नेपाल लाइफ इन्स्योेरेन्स वित्तीय सूचांकमा उत्कृष्ट बन्न सफल भएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा,













