एनआरएनएमा नयाँ नेतृत्व: महेशकुमार श्रेष्ठको टिम निर्विरोध चयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन आइतबार राजधानीको हायात होटलमा सम्पन्न भएको छ । महाधिवेशनले वरिष्ठ व्यवसायी महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दै नयाँ नेतृत्वको घोषणा गरेको हो । उच्चस्तरीय समितिको आयोजनामा सम्पन्न अधिवेशनमा अध्यक्षसहित सबै पदमा कुनै प्रतिस्पर्धा नरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
सर्वसम्मत नेतृत्व चयन भएको कार्यसमितिमा अध्यक्षमा महेशकुमार श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा सुनिल कुमार साह, बुद्धिसागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) र विश्वास दीप लिम्बु (तिगेला) चयन भएका छन् । उपाध्यक्ष (महिला) मा जुनु गुरुङ, महासचिवमा बाबुराम (बीआर) लामा छन् । सचिव पदमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे छन् भने सचिव (महिला) मा देवकी खत्री गुरुङ रहेकी छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन भएका छन् ।
नवगठित समितिमा महिला संयोजक रश्मि थापा, युवा संयोजक भीमसेन थापा रहेका छन् । क्षेत्रीय संयोजकहरूमध्ये एसिया प्रशान्तमा डा. बलराम श्रेष्ठ, युरोपमा प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तर दक्षिण अमेरिकामा डिलुराम पराजुली र ओसियानियामा इर्सद अहमद रहेका छन् । त्यस्तै, विभिन्न क्षेत्रीय उपसंयोजकहरूमा माधव पोखरेल, मीमबहादुर पुर्जा, सुनिलकुमार घिमिरे, श्रीकृष्ण भट्टराई, विश्वराज बास्तोला, नरबहादुर टण्डन क्षेत्री, रामप्रसाद कँडेल र प्रताप राना रहेका छन् । निर्वाचन समिति अनुसार महाधिवेशनस्थलमै शपथग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।













