तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको १ खर्बको कारोबारः नेपाल, नेशनल र एलआईसी अग्रस्थानमा (तथ्याङ्क सहित)

२१ बैशाख २०८२, आईतवार १६:५१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ करोड रुपैयाँको व्यवासाय भित्र्याउन सफल भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ करोडको व्यवसाय भित्र्याएको देखिएको छ।

नेपाल लाइफले सदाझै यस बर्ष पनि अग्रस्थानको कारोबार गर्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ३३ अर्बको व्यवसाय भित्र्याउन सफल भएको छ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको छ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा १४ अर्बको कारोबार गर्न सफल भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार तेस्रो त्रैमाससम्मा हिमालयन लाइफले साढे १२ अर्ब माथि, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, ।सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याएका छन् ।

त्यस्तैे, आइएमई लाइफले साढे ३ अर्ब माथि,। रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ र । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क भित्र्याउन सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*