९ महिनामा नविकरण बीमा शुल्क १ खर्बः सिटिजन र सानिमा रिलायन्सबीच कडा प्रतिस्पर्धा, कुनको कति ?

२१ बैशाख २०८२, आईतवार १७:५५

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमास (साउन देखि चैत) सम्ममा जीवन बीमा कम्पनीहरुले ९९ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।

कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ९ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.६१ प्रतिशतले बढेर२६ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।

त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२६ प्रतिशतले बढेर १२ अर्ब १४ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको २२.०५ प्रतिशतले बढेर ११ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यता, हिमालयन लाइफको ०.३४ प्रतिशतले बढेर १० अर्ब ७२ करोड रुपैयाँ नविकरण बीमा रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी र रिलायबल नेपाल लाइफ रहेको छ । राष्ट्रिय जीवन बीमाको नविकरण बीमा शुल्क आर्जन २३.८८ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने रिलायबल नेपालको २४.८३ प्रतिशतले बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, नविकरण बीमा शुल्क आर्जन सूर्यज्योति लाइफको १३.६४ प्रतिशतले बढेर ५ अर्ब ६४ करोड, एशियन लाइफको १०.३६ प्रतिशतले बढेर ५ अर्ब ५ करोड, सिटिजन लाइफको २०.९९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड, सानिमा रिलायन्स लाइफको १२.७८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड, मेट लाइफको ८.२९ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा आइएमई लाइफको २ अर्ब ६२ करोड, प्रभु महालक्ष्मीको २ अर्ब ५९ करोड र सन नेपाल लाइफको २ अर्ब रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*