सोलार फार्मले आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
२१ बैशाख २०८२, आईतवार १८:३२

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सोलार फार्म लिमिटेडले आइपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख २८ हजार ५७२ कित्ता बराबरको १९ करोड २८ लाख ५७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ ।













