प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल
२१ बैशाख २०८२, आईतवार १९:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा भएको हो ।
उक्त भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ ।
छलफलमा माओवादीका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् । बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको बुझिएको छ ।













