नेपाल लाइफले २५ बर्षदेखिको गौरवपूर्ण वैभवलाई कायम राख्दै अझै उत्कृष्टताको कदम चाल्नेछः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट आजबाट २४ बर्षको यात्रा पूरा गरेर २५ वर्षे गौरवपूर्ण यात्रामा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेशको अवसरमा कम्पनी ले रक्तदान कार्यक्रम सहित देशैभरि भव्य रुपमा मनाइरहेको छ ।
२४ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले शेयर लगानीकर्ता, बीमित, कर्मचारी, बीमा अभिकर्ता तथा नियामक निकायसहितका सबै सरोकारवालाहरुलाई स्मरण गर्दै आभार तथा कृतज्ञता ज्ञापन गरिरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओका रुपमा नेतृत्व गरेका प्रविण रमण पराजुलीले सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको बताएका छन् ।
कम्पनीका कर्मचारीहरुलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्ने पराजुलीले ‘अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा प्रााधिकरणको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको बताएका छन् । नेपाल लाइफको २४ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ प्रविन रमण पराजुलीसँग बीमापोष्टका राजन कठायतले गरेको कुराकानीको सम्पादित अंश:–
नेपाल लाइफको २५ वर्षको साख जोगाउन कतिको चुनौंतीपूर्ण छ । कम्पनीको बलियो इतिहासलाई कसरी हेर्नुहुन्छ ?
नेपाल लाइफ इन्स्योरेन्स् आफ्नो २४औं वर्ष पूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको छ । यो २४ औं वर्षको इतिहास भनेको सम्पूर्ण स्टेक होल्डर, नियामक निकाय, पोलिसी होल्डर, अभिकर्ता साथीहरु, कर्मचारी वर्गहरु र अन्य सबै सम्बन्धितहरुको एउटा अपेक्षा छ । नेपालको लाइफ इन्स्योरेन्समा औषतमा झण्डै २८ देखि ३० प्रतिशत बजार हिस्सा ओगटेको संस्थाले विभिन्न अवसर पनि ल्याउँछ र हामीलाई थप जिम्मेवार बनेर पनि अगाडि बढ्नलाई थप जिम्मेवार बनाएको छ ।
हामीले हिजोको इतिहासलाई निरन्तरता दिएका छौं । राम्रा कुराहरुलाई अझै सोचेर व्यवस्थित बनाएर लग्न खोजिरहेका छौं । केही आएका चुनांैतीहरुबाट हामी अगाडी उठेर संस्थालाई सवल, फाइनान्सियल रुपले बलियो र सम्पूर्ण शेयरहोल्डरको चाहनालाई पूरा गर्ने हिसाबले अघि बढिरहेका छौैं ।
इनोभटिभ प्रोडक्ट लाइन, प्रिमियम कलेक्सनमा अझै अब्बल, लगानीमा अझै स्टेवल र विविधिकरणको हिसाबले विभिन्न क्षेत्रहरुमा लगानी गरेका छौं । हामीले भविष्यको लागि प्रविधिलाई आत्मसाथ गर्दै भोलिमा दिनमा संस्थालाई अझै प्रगाढ र बलियो बनाउने हिसाबले कम्पनी अघि बढी सकेको छ ।
२५ औं वसन्तसम्म पार गर्दा कम्पनीले पाएको उपलब्धी के पायो ?
–झण्डै साँढे दुई दशकको यात्रामा नेपाल लाइफले पाएको सबैभन्दा ठूलो उपलब्धी भनेको सम्पूर्ण स्टेकहोल्डरको माया, विश्वास र त्यसले हामीलाई थप उचाईंमा राखिरहेको छ । आगामी दिनमा सम्पूर्णको चाहनालाई पूरा गर्ने तरिकाले कम्पनीलाई अगाडी बढाउन थप हौसला समेत प्रदान गरिरहेको छ ।
बीमा बजारमा आज नेपाल लाइफले छुट्टै किसिमको पहिचान बनाउन सफल भएको श्रेय कसलाई दिन चाहानुहुन्छ ?
–विशेषतयाः जीवन बीमाको हकमा हाम्रो संस्थाले ल्याएका उचाईंहरुमा सबैभन्दा ठूलो तथा पहिलो श्रेय भनेको यो संस्थालाई प्रारम्भिक रुपमा यो संस्था ल्याउनुपर्छ भनेर आवद्ध भएर संस्थाको स्थापना गर्नुहुने लगानीकर्ताहरुलाई दिन चाहन्छु । लाइसेन्स लिनुहुने संस्थापकहरु, संस्थालाई यो साँढे दुई दशकको इतिहासमा हाक्नु हुने सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालकहरु, विगतदेखि वर्तमानसम्म विशिष्ठ व्यवस्थापकीय तहमा रहनुभएका र सम्पूर्ण नेपाल लाइफमा आवद्ध भएका कर्मचारी साथीहरु, विजनेश मोडललाई अभिन्न अंगको रुपमा लिएका अभिकर्ता साथीहरु, संस्थालाई जहिले पनि विश्वास दिएर झण्डै ३२ लाखभन्दा बढी पोेलिसी लिएका ग्राहकहरुको श्रेयले नै संस्था आजको दिनमा यहाँ छ । आगामी दिनमा पनि स्थापित भएर अगाडी बढिरहेको छ ।
लगानीकर्ताहरुले आफूले सोचेको जस्तो प्रतिफल पाएका छन् त ?
–शेयरधनीको हिसाबले हेर्ने हो भने उहाँहरुको प्रमुख चाहना भनेको लाभांश नै हो । यहाँले हेर्नु भयो भने संस्थाले जुन कमाई गरेको अन्तिम दुई वर्षमा हामीले हरेका वर्ष २१ प्रतिशतको लाभांश दिएका छौं । त्यो भनेको संस्थाको आठ अर्ब पुँजी लागतमा दिएको लाभांश हो । यो वर्ष हेर्यो भने पनि २१ प्रतिशतको लाभांश दिन हामी सफल भएका छौं । आजको दिनसम्म हाम्रो जुन चुक्ता पुँजी छ, त्यस हिसाबले हेर्यो भने सायद समग्र फाइनान्सियल सेक्टरमा गत वर्षको तुलनामा हामीले सबैभन्दा बढी लाभांश दिन सफल भएका छौं ।
संस्थाले कमाईको हिसाबले हेर्यौ र प्रिमियम वापत जम्मा भएको प्रिमियमलाई हटाउनु भयो भने संस्थाले अप्रेटिङ मनाफाबाट आर्जन गरेको नाफा, नेपाल लाइफकै इतिहासमा सबैभन्दा ठूलो हो । र, शेयरधनीलाई दिएको रिटर्न पनि कोर विजनेशबाट दिएको रिटर्नको हिसाबले मलाई त वेस्ट भ्यालु फर इन्भेष्टमेन्टको रुपले आएको रिटर्न हो । आगामी दिनमा पनि हामीले यसलाई सकेसम्म कसरी बढाउन सकिने भन्नेबारे प्रतिवद्ध रहेका छौं ।
बीमा चेतनाको लागि सचेतना कार्यक्रममा कम्पनीको योगदान कस्तो छ ?
–बीमा सचेतनाको लागि नेपाल लाइफले के गर्छ भने प्रत्येक प्रदेशमा आफ्ना प्रदेश प्रमुखको माध्यमबाट, ब्रान्च तथा सव–ब्रान्च म्यानेजरको तर्फबाट बिभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । हामीले कर्मचारी तथा अभिकर्ताहरुलाई विभिन्न रिफ्रेसमेन्ट तालिमहरु पनि दिरहेका हुन्छौं । अभिकर्ताको क्षमता वृद्धि गर्नको लागि पनि विभिन्न योजना बनाइरहेका हुन्छौं । त्यसको एउटै उद्देश्य के हो भने सक्दो उहाँहरु बढी भन्दा बढी मानिस भएको स्थानमा पुग्न सकुन् । आजको दिनमा ६० हजार भन्दा बढी अभिकर्ताहरु हामीसँग आवद्ध छन् । पहिलो सचेतना भनेको उहाँहरुकै माध्यमबाट आम सर्वसाधारणको ढोकासम्म पुर्याउन सकिन्छ । दोस्रो माध्यम भनेको हामीले सोसियल मिडिया, अन्तरवार्ताको माध्यम, विभिन्न लेखहरु सार्वजनिक गरेर आम जनताहरुमा बढी भन्दा बढी सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।
कम्पनीको आगामी योजना कस्तो छ ?
–नेपाल लाइफ इन्स्योरेन्सको व्यवसायिक रणनीतिको रुपले हेर्ने हो भने पछिल्लो दुई–तीन वर्षयता संस्थालाई हामीले प्रविधिमैत्री वातावरण र डिजिटाइजतर्फ अघि बढाउने तयारी गर्दै आईरहेका छौं ।
संस्थामा हामी इनोभेटिभ प्रोडक्टहरु ल्याइरहेका छौं । संस्थामा आवद्ध भएका अभिकर्ता साथीहरु र कर्मचारीहरुका लागि पनि सीप तथा क्षमता अभिवृद्धि तालिमहरु दिरहेका छौं । इनोभेटिभ प्रोडक्टलाई, प्रतिस्पर्धी मूल्य र बजारको नियम अनुसार बीमा पोलिसी बिक्री गर्न सकियो भने त्यसले व्यवसाय वृद्धि र सम्पूर्ण स्टेक होल्डरको रिटर्न या चाहनालाई पूरा गर्न सकिने गरि व्यवसायिक रणनीति लिएर कम्पनी अघि बढीरहेको छ ।
जसको ज्वलन्त उदाहरण हामीले भनेको केही समययता आफ्नो लगानीलाई विविधिकरण गर्नको लागि नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड ५ अर्बको आधिकारिक पुँजी र आजको दिनको १ अर्ब ८० करोडको चुक्ता पुँजी भएको पब्लिक कम्पनीको रुपमा स्थापित गरेका छौं । र हामी सबैले आ–आफ्नो तर्फबाट आफ्नो कर्तब्य पूरा गरिरहेका छौं ।













