दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने, उपचारको प्रबन्ध गर्न अदालतको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने भएसँगै उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
इजलास समक्ष पेस गर्दा प्रसाईंले आफू क्यान्सरको बिरामी भएको जिकिर गरेका थिए। उनले यसअघिका इजलासमा पनि आफू क्यान्सरको बिरामी भएकाले साधारण तारिख वा हाजिर जमानीमा छाडिपाऊँ भन्दै निवेदन दिएका थिए।
यस विषयमा यसअघिका इजलासले पनि प्रसाईंको उपचारको प्रबन्ध गर्न आदेश दिएको थियो।
आइतबार न्यायाधीश कार्कीको इजलासले पनि पुनस् आदेश दिँदै भनेको छ, प्रसाईंको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्नू भनी यो आदेश गरिदिएको छ।ु
यस्तै प्रसाईंको माग बमोजिम हाजिर जमानी र तारिखमा छाड्न नमिल्ने पनि उक्त आदेशमा उल्लेख छ।
प्रतिवादी (प्रसाईं) को ज्यान सम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी नै रहेको भन्ने देखिएकाले निवेदन माग अनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न मिलेन,ु आदेशमा भनिएको छ।
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन भएको थियो। तर उक्त आन्दोलनमा प्रसाईंले हिंसा भड्काएको आरोप छ।













