नेपाल माइक्रो इन्स्योरेन्सले जेठ १६ गते बोलायो साधारणसभा

२२ बैशाख २०८२, सोमबार ०७:५५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो जेठ १६ गते चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सर्वसाधारण शेयरधनीको लागि निर्वाचन गर्ने, सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने र खर्च अनुमोदन गर्नछ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते १ बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म् कायम शेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*