बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

२२ बैशाख २०८२, सोमबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*