बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना हुदाँ तीन जना घाइते

२२ बैशाख २०८२, सोमबार १०:३९

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तिबन ओरालोमा बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना भएको छ । आइतबार राति भएको उक्त भयानक दुर्घटनामा परी ललितपुर गोदावरीका विशाल विक तथा सोही स्थानका मोसेफ लामिछाने र म्यादी घर भएका अमरध्वज पौडेल घाइते भएका छन् ।

आइतबार राति ११ बजे ललितपुर महानगरपालिका –२८ हात्तिवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते भएका तीनै जनाको पाटन हस्पिटलमा उपचार भैरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ । कार ठोक्किएर बिजुलीको पोल नै बिच सडकमा आएपछि उक्त सडकमा केही समयका लागि यातायाता आगमन बन्द गरीएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*