हाइड्रोपावरमा सबैभन्दा महँगो शेयर बोकेको कुथेली बुखरीको आम्दानी घट्यो

काठमाडौं । हाइड्रोपावर समूहभित्र दोस्रो बजारमा सबैभन्दा महँगो शेयर रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको मुनाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.२४ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा १ करोड ४२ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस त्रैमासमा २ करोड ७३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । आम्दानीमा आएको यो कमीले मुनाफामा प्रत्यक्ष दबाब पारेको देखिन्छ ।
कम्पनीको वित्तीय खर्च अघिल्लो वर्ष ४८ लाख ८ हजार रुपैयाँ भएकोमा यस वर्ष २५ लाख ३७ हजार रुपैयाँमा झरेको छ, जसले केही हदसम्म घाटा कम गर्ने काम गरेको छ ।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कुथेलीको जगेडा कोषमा हाल ५ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७.९७ रुपैयाँ कायम भएको छ ।
यद्यपि वित्तीय सूचकहरूमा उहिल्यैकोजस्तो चमक नरहे पनि कम्पनीको सेयर मूल्य भने अझै उच्च स्तरमा टिकेको छ । वैशाख २१ गते आइतबारकोकुथेली बुखरीको सेयर मूल्य १८ सय ८९ रुपैयाँ ३७ पैसा रहेको छ, जुन हाइड्रोपावर समूहकै सबैभन्दा महँगो मूल्य हो ।













