बेलुन पड्किँदा छानबिन समिति, तिनकुनेमा गोली चले पनि सरकार चुप: सांसद शाही

२२ बैशाख २०८२, सोमबार १२:०६

काठमाडौं । राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बोल्दै राज्य आतङक अत्याधिक बढेको आरोप लगाएका छन् । उनले तिनकुने घटनालाई लिएर ४० दिनभन्दा बढी समयदेखि रविन्द्र मिश्रलगायतका व्यक्तिहरू थुनामा राखिएकोप्रति आपत्ति जनाए ।

शाहीका अनुसार घटनामा विभिन्न मानव अधिकार संगठनहरूले समेत राज्यले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भनी प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पनि सरकारले उनीहरूलाई रिहा नगरेको स्पष्ट अन्याय हो ।

सांसद शाहीले पोखरामा बेलुन पड्किएको घटना हुँदा तुरुन्तै न्यायिक छानबिन समिति बनाउने सरकार तिनकुने घटनामा भने गोली हानी ज्यान लिइएको अवस्थामा पनि छानबिन समिति नबनाउनु प्रश्न उठाउने विषय भएको बताए ।

उनले सविन महर्जनको टाउकोमा गोली हानेर मार्ने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति आवश्यक भएको धारणा राखे । ‘यदि सरकार वा राज्य सत्तामा बसेपछि गोली हान्न पाइने अधिकार दिइन्छ भने भोलि हामी पनि सत्तामा पुग्छौं’ सांसद शाहीले भने ।

उनले तिनकुनेमा १४०० राउण्डभन्दा बढी अश्रुग्यास र गोली प्रहार गरिएको दाबी गर्दै छानबिन समितिको खाँचो अझ बलियो बनेको उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*