सोमबार ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्योे ?
२२ बैशाख २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर समान्य अंकले घटेको छ । आज समग्रमा ८६ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ ।
सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ , ओम मेगाश्र्री लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ९.३० प्रतिशत, राधि विद्युत कम्पनीको ७.४२ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ७.१७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।














