एशियन लाइफ इन्स्योरेन्सले एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान

२२ बैशाख २०८२, सोमबार १५:४८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सोमबार विशेष समारोहका बीच सम्मान गरेको छ।

वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुको सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमको अवसरमा प्रशंसा पत्रको साथै व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवद्र्धनमा प्रेरित गर्न एक एक थान स्मार्ट ट्याब समेत उपलब्ध गराइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*